बलात्कार मुद्धामा सफाई पाएका महराले देखाउन थाले राजनीतिक सक्रियता, पुगे आफ्नो निर्वाचन क्षेत्र

बलात्कार मुद्धामा सफाई पाएका महराले देखाउन थाले राजनीतिक सक्रियता, पुगे आफ्नो निर्वाचन क्षेत्र

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

फागुण १२ दाङ । रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा ५ महिना सम्म हिरासत तथा जेल बसेर सफाई पाएका पूर्व सभामुख कृष्ण बहादुर महराले राजनीतिक सक्रियता बढाएका छन् ।
उनी केही दिन काठमाण्डौंमै भेटघाट गरे पछि दाङ स्थित आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् ।  महराले आफ्नो जीत नै जनताको जीत भएकाे बताएका छन्र । दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले भने “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।” उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए । “नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो”, उनलाइ दाङका विभिन्न स्थानमा स्वागत गरिएको थियो । त्याहाँ पुग्दा उनलाई आज फुलमालाले समर्थक शुभचिन्तकले स्वागत गरेका छन् ।
फागुण ५ गते जिल्ला अदालत काठमाण्डौंले महरालाई सफाई दिए पछि डिल्लीबजार कारागारबाट मुक्त भएका थिए । यस अघि उनले सफाई पाए पछि उनको गृह जिल्ला रोल्पामा पनि बाजा गाजा सहित स्वागत गरिएको थियो ।
महरालाई एमसीसी सदनमा टेबल गर्न नमान्दा फसाईएको दावी गरिदै आईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ