फागुण १२ काठमाण्डौं । निवर्तमान सञ्चारमन्त्री एवं प्रधानमन्त्रीका विस्वास पात्र गोकुल बास्कोटा ७० करोड कमिसन सेटिङको अडियो प्रकरण पछि आक्रामक बनेको बिपक्षीमाथि प्रधानमन्त्रीले कटाक्ष गर्दै कुखुराको चल्लासगँ तुलना गरेका छन् ।
आज पोखरामा शुरु भएको पार्टीको गण्डकी प्रदेशको कार्यकर्ता भेला तथा प्रशिक्षणमा सवोधन गर्दै प्रधानमन्त्रीले सरकारलाई असफल र अलोकप्रिय बनाउन बिपक्षी लागेको भन्दै आक्रोस पोखे ।
प्रधानमन्त्री ओलीले एउटा कुखुराको चल्लाले फट्याङग्रा टिप्छ र कुद्छ , उसले के टिप्यो भनेर थाहै नपाई अरु चल्ला पनि पछि पछि कुद्छन् । ओलीले ब्यग्य गरे ।
ससदमा विधेयकहरु पेश हुदाँ ससद भित्रै छलफल गर्न छाडेर बिषय नबुझि जनतामा भ्रम छर्ने र सरकारलाई अलोकप्रिय बनाउने काम भईरहेको छ प्रधानमन्त्रीले भने ।
केही बिषय नपाए पछि कहिले कोट मिलेन, कहिले टाई मिलेन , दौराको रंग मिलेन भन्दै हिडेका छन् प्रधानमन्त्रीले भने । उनले पूर्ण प्रजातन्त्र मार्फत अब समाजवादमा जाने आधार तयार भएको पनि बताए ।