अब संसद अबरुद्ध नगर्ने काग्रेस सहित तीन दलको निर्णय

अब संसद अबरुद्ध नगर्ने काग्रेस सहित तीन दलको निर्णय

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ फागुण १२ । नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ ।

सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा बीचको बैठकमा संसद अवरुद्ध नगर्ने विषयमा समझदारी भएका हो ।

काँग्रेस सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको बताइन् । तीन दलले मंगलबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्ने बताइएको छ । संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसदमा राख्ने तय भएको भुषालले जानकारी दिइन् ।
काँग्रेसले गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ भने यो प्रकरणमा प्रधानमन्त्रीको समेत धारणा माग गर्दै आएको छ ।

तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा समेत समझदारी भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसनमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विषयलाई काँग्रेसले जोडतोडले उठाउँदै आएको छ । यसविषयमा आइतबार छाया मन्त्रीपरिषद्मा छलफल भएअनुसार काँग्रेसले प्रतिपक्षमा रहेका अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको हो ।

बाँस्कोटा प्रकरणलाई लिएर काँग्रेसले तीन वटा माग तेर्स्याउँदै फागुन ८ गते बसेको संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।

बाँस्कोटाको मन्त्रीबाट बर्खास्ती, प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र तटस्थ रुपमा बाँस्कोटामाथि छानबिन हुनुपर्ने काँग्रेसको बटमलाइन छ ।

यद्यपि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँस्कोटा मुछिएको अडियो रेकर्डमाथि अनुसन्धान सुरु गरेको छ ।

आयोगले विभिन्न माध्यमबाट परेका उजुरी संकलन गरेर छानबिन थालेको हो । १–२ दिनमा प्रारम्भिक छानबिन टुंग्याई सेक्युरिटी प्रेस खरिद र बाँस्कोटाको रेकर्ड प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने अख्तियारको तयारी छ ।
अख्तियारको सूचना संकलन गर्ने संयन्त्रले सेक्युरिटी प्रेस खरिदका कागजात र प्रमाण संकलन गरिरहेको छ । अख्तियारमा आइतबार आएको सी–०२६९८७ नम्बरको उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित बाँस्कोटा, तत्कालीन सञ्चार सचिव महेन्द्र गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध छानबिन गर्न गर्न माग गरिएको छ ।

काँग्रेसले सेक्युरिटी प्रेस सप्लाई गरी घुस मिलाउने र सरकारी रकमबाट सामान खरिद गर्ने बाँस्कोटाको कुराकानीको रेकर्ड नै बाहिरिएकाले अख्तियारले भ्रष्टाचार गर्ने उद्योगको कसुरमा अनुसन्धान थाल्नुपर्नेमा आवाज उठाएको छ ।

छलफलमा समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया, राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण थिए भने काँग्रेसबाट सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की र अतहर कमाल मुसलमान सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ