नेकपा फेरी नयाँ विवादमा फस्ने संकेत, संविधान शसोधनको बिपक्षमा उभिए नेम्वाङ सहितका नेता

नेकपा फेरी नयाँ विवादमा फस्ने संकेत, संविधान शसोधनको बिपक्षमा उभिए नेम्वाङ सहितका नेता

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

फागुण १२ काठमाण्डौं । दुई बर्ष सरकार चलाउने क्रममा ७० करोडको टेप काण्डले तीव्र आलोचनाको सामना गरीरहेको नेकपा फेरी अर्को आन्तरीक विवादमा फसेको छ ।
संविधान शसोधन गरेर भए पनि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खोल्ने गरी माधव कुमार नेपालको नेतृत्वमा कार्यदल बनाईए पनि त्यसमा सुभाष नेम्वाङ सहितका नेताले असहमति जनाए पछि सचिवालयको निर्णय संकटमा परेको छ ।
आज सयोजक माधव कुमार नेपालले कार्यदलका सदस्य नेम्वाङ र अर्का सदस्य खिमलाल देवकोटालाई बोलाएका थिए । तर उनीहरुले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन सविधान ससोधन गर्ने कुरा गोप्य राखेर हुदैन यो जनतालाई भन्नु पर्ने बिषय हो भन्दै यस्तो कार्यदलमा नबस्ने घोषणा गरे पछि यो संकट देखा परेको छ ।
नेम्वाङले पत्रकारहरुसगँ कुरा गर्दै त्यो असहमति आफूले राखेको शासकीय स्वरुप र निर्वाचन प्रणालीको लागि भनेर छलफलमा गएको तर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउनु पर्ने भन्ने भए पछि असहमति राखेको बताए ।
देवकोटाले पनि लहडका आधारमा संविधान शसोधन हुन नहुने भन्दै कार्यदलमा नबस्ने बताए पछि माधव नेपाल पनि ठीकै छ भन्दै पन्छिएका थिए । तीन सदस्यीय कार्यदलमा दुई जना नबस्ने भए पछि नेपाल पनि संकटमा परेका छन् ।
उता आज बिहानै अध्यक्ष द्धय केपी ओली र प्रचण्डबीच एक घण्टा लामो छलफलमा पनि यो बिषयमा गंभीर कुराकानी भएको बताईएको छ ।
आजै प्रचण्डले बदलिएको घटनाक्रमका बिषयमा ओलीसगँको छलफलपछि धुम्बाराहीमा कार्यदल सयोजक माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलसगँ छलफल गरेका छन् । त्यही छलफलमा प्रचण्डले बामदेव गौतमलाई पनि बोलाएका थिए । तर गौतम नआएको स्रोतले बताएको छ । यीनै छलफलका लागि अध्यक्ष प्रचण्ड पोखरामा भएको पार्टीको प्रशिक्षणमा समेत आज नगएको बुझिएको छ ।
एक पछि अर्को काण्ड र आलोचनाले सरकार रक्षात्मक बनिरहेका बेला गौतमलाई प्रधानमन्त्री बनाउन संविधान नै शसोधन गर्ने तयारी गरिए पछि सार्वजनिक रुपमा पनि विरोध बढेको छ भने पार्टी भित्र पनि नयाँ विवाद देखा पर्ने देखिएको एक नेताले दावी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ