सुनको भाउ दिनै पिच्छे बढेको बढ्यै भए पछि ग्राहकहरु सुन किन्न मन गर्न छाडेका छन् । विहे हुदा सम्म केही किन्ने नत्र कमै किन्ने प्रवृति देखा परेको छ । जसले सुन व्यवशायीहरु मारमा पर्न थालेका छन् ।
आज नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ सयले बढेको छ । ७८ हजार आठ सय रुपैयाँ प्रतितोलामा आइतबार कारोबार भएको छापावाल सुन सोमबार भने १५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै सोमबार चाँदीको भाउ पनि बढेको छ । आइतबार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने ५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।