२००१ साल असार २८ गते जन्मिएका बामदेव गौतम कम्युनिष्ट आन्दोलनका पूराना नेता हुन् । उनी किशान संगठनका पनि नेता रहे एमालेमा । उनी पटक पटक मन्त्री र उपप्रधानमन्त्री भने भएका छन् । उनले सार्वजनिक रुपमै भन्दै आएका छन् अब प्रधानमन्त्री हुने पालो मेरो हो ।
माओवादीलाई शान्ति प्रकृयामा ल्याउने कुरामा, दुई पार्टी एकता गर्ने कुरामा र राष्ट्रियताको मुद्धामा उनी निकै अडान राख्ने पात्रका रुपमा छवि बनाएका छन् । उनले महाकाली सन्धीको विरोध गर्दै ०५४ सालमा पार्टी समेत फुटाएर माले बनाए पनि ५६ सालको निर्वाचनमा शुन्य सिट ल्याए पछि उनी विलम्व नगरी एमालेमा फेरी फर्किए । त्यस पछि भने मार्जिनलाईज हुदै संघर्ष गर्दै आएका उनी माओवादी र एमालेको मिलन पछि बनेको नेकपाका उपाध्यक्ष भएका छन् ।
ठीक छ उनले आन्दोलन गरे भूमिका खेले त्यसको प्रशसा होला , कदर होला तर उनी पटक पटक आफू प्रधानमन्त्री हुनै पर्छ भनेर जिकिर गरीरहेका छन् । हुन पनि सो पार्टीमा रहेका सबै बरिष्ठहरु केपी ओली , प्रचण्ड, झलनाथ खनाल र माधव कुमार नेपाल प्रधानमन्त्री भईसकेका छन् अब पालो मेरो हो भन्ने उनको दावी स्वभाविक पनि होला उनको पार्टीको तहमा । तर देशका लागि किन बामदेव नै चाहिने ? किन बुढा प्रधानमन्त्री नै हुनु पर्ने ? जनताको हैसियतमा हेर्ने हो भने उनले वृद्ध भत्ता खाएकै १५ बर्ष पुग्ने थियो ।
बर्दियाबाट दुई पार्टी मिल्दा समेत निर्वाचन हारेको भने पछि तपाईले आफ्नो नैतिकताको ख्याल गर्नु पर्दैन , तपाईले मागेर हुने हो कि देशले चाहेर हुने हो प्रधानमन्त्री ?
लौ ससदको निर्वाचन जितेर आएको भए, वर्तमान प्रधानमन्त्रीले राजीनामा दिएको वा विरामी भएर छाडेको भए एउटा स्वभाविक प्रकृया हुन सक्थ्यो । तर बामदेवको मनोकाक्षा पूरा गर्नकै लागि भनेर संविधान शसोधन गर्ने ? त्यसको निम्ती माधव कुमार नेपालको नेतृत्वमा कार्यदल नै बनाउनु पर्ने ? यो कति सम्म नाजायज छ ।
सरकारले गरेको काममा जनतालाई कहाँ चित्त बुझेको छैन ? के कमजोरी भएको छ त्यो सच्याउन तिर लागे हुदैन । जनताको मन जीत्न लागे हुदैन । प्रधानमन्त्रीकै लागि जन्मेका हुन् गौतम ? अचम्मको कुरा त के भयो भने गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर अनि प्रधानमन्त्री हुने बाटो खुल्ला गर्ने भने पछि त यसले प्रतिपक्ष, नागरिक समाज, जनता सबैमा असन्तुष्टी फैलाउने नै भयो ।
त्यसैले सत्तारुढ नेकपा बामदेवलाई प्रधानमन्त्री बनाउन हैन देश बनाउन लाग सक्छौ भने । मधेशबाट आवाज उठिरहेको छ सहमति अनुसार अझै सविधान शसोधन उनीहरुका लागि भएको छैन । बाबुराम भट्टराईले अपील गरे जस्तो स्थीर र शक्तिशाली सरकार बनाउनका लागि कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीका लागि सविधान ससोधन हुन सक्दैन ?
सके तपाईहरुले घोषणा गरेको समाजवाद लागू गर्न सविधान शसोधन गर्नुस् नसके यही व्यवस्था अनुसार राम्रा काम गर्न खोज्नुस् । नत्र वामदेवका लागि मात्रै सविधान ससोधन गर्ने कुराले नेकपाको अद्योगतिलाई कसैले रोक्न सक्ला ? ८ लाख पार्टी सदस्य संयौ ठूला नेता भएको यत्रो पार्टी किन यस्तो दिशामा लागिरहेको हो ? जनता अचम्मित छन् । बर्दियाबाट दुई पार्टी मिल्दा समेत निर्वाचन हारेको भने पछि तपाईले आफ्नो नैतिकताको ख्याल गर्नु पर्दैन , तपाईले मागेर हुने हो कि देशले चाहेर हुने हो प्रधानमन्त्री ?