दिल्ली फागुण ११ । आईआईटी कानपुर भारतको एउटा ताजा अध्ययन प्रकाशित भएको छ । जस अनुसार भारतको राजधानी दिल्ली र बिहारको बीचमा केन्द्र भएर साढे ८ रेक्टर स्केल सम्मको भूकम्प आउन सक्ने चेतावनी दिईएको छ । कम्तीमा पनि साढे ७ रेक्टरको भूकम्प आउने संभावना औल्याईएको छ । तर कतिखेर आउछ भन्ने कुनै निश्चित गरिएको छैन ।
सिभिल ईन्जिनियरीगं विभागका प्रोफेसर जावेद एन मल्लिकले गंगाको मैदानमा पछिल्लो पाच सय बर्ष यता कुनै जलजला रेकर्ड नभएको भन्दै तर राम नगर क्षेत्रमा खनिएका ठाँउहरुमा १५०५ र १८०३ मा भूकम्प गएको अवसेश भेटिएको छ ।
भारतमा १८५५ देखि २०१५ सम्म सात वटा शक्तिशाली भूकम्पको रेकर्ड दर्ता रहेको जावेदले बताए । भारतले भूकम्पको संभावित जोखिम क्षेत्रको पहिचानका लागि डिजिटल एटलस तयार गरीरहेको जावेदले बताए । जसले भूकम्पको फल्ट लाईनहरु तयार पार्ने छ । यसले निर्माण क्षेत्र, शहर र बासिन्दाहरुलाई सजग रहन मद्धत पुग्ने छ ।
रामनगरमा बगीरहेको डबका नदीले अब आउने भूकम्प पछि धार परिवर्तन गरी कोशीमा मिल्न सक्ने अनुसन्धानकर्ताहरुले औल्याएका छन् । यस नदीले पाँच पटक जति आफ्नो धार परिवर्तन गरेको छ ।
यसै गरी मध्य हिमालय क्षेत्रमा पनि शक्तिशाली भूकम्पको पुर्वानुमान उनीहरुले गरेका छन् । त्यसले लामो दुरी सम्म प्रभाव पार्ने पनि उनीहरुको तर्क छ ।
भारतीय र तिव्वती युरेशियन प्लेटको अध्ययनका लागि २० वटा जिपिएस स्थायी स्टेसन लगाउने तयारी भारतले गरेको र सेस्मोमिटर समेत लगाउन सकिने उनीहरुले बताएका छन् । सन् २०१५ मा नेपालमा आएको शक्तिशाली भूकम्प र यसले पु्र्याएको असाधारण क्षति पछि भारतले पनि अध्ययन जारी राखेको छ ।
नेस्नल ईन्फरमेसन सेन्टर फर अर्थक्वेक ईन्जिनियरिगं सेन्टरका सयोजक दुर्गेस सी रायले भूकम्पको जोखिमबाट बच्ने सवालमा कसैले पनि प्रतिवद्धताको पालना र पूरा नगरेको भन्दै चिन्ता जनाएका छन् । नवभारत टाईम्सबाट