७० करोड काण्डामा गोकुल बास्कोटा विरुद्ध अख्तियारमा उजुरी, हदैसम्म कार्बाहीको माग

७० करोड काण्डामा गोकुल बास्कोटा विरुद्ध अख्तियारमा उजुरी, हदैसम्म कार्बाहीको माग

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

फागुुण ११ काठमाण्डौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि राजीनामा बुझाएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँस्कोटालाई भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारबाही गर्न भन्दै प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आइतबार आयोगको टंगालस्थित कार्यालयमा उजुरी दिएका हुन्।

उनीहरुले दिएको उजुरी पत्रमा भनिएको छ, ‘नेपाल सरकारले किन्‍ने प्रक्रियामा रहेको सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको तथा उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउने राखी छलफल गरेको जानकारी नै होला।’ उनीहरुले भ्रष्टाचारजन्य कसुरमा छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

‘यती समूहले सञ्चालन गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको सञ्चालक २०६८ मा बनेको तथा यस सरकारले पनि यती समूहलाई लाभ हुने गरी विभिन्‍न निर्णय लिएकोले श्री बाँस्कोटाले प्राप्त गरेको हुनसक्ने घुस तथा कमिसन यती समूहका कम्पनीमार्फत लगानी गरेको हुन सक्ने सम्भावना पनि रहेको छ,’ उजुरी पत्रमा लेखिएको छ, ‘साथै आफ्ना आफन्त तथा नजिकका सहयोगीहरूको नाममा बैंक खाता वा अन्य स्थानमा रकम जम्मा गरेको हुन पनि सक्छ वा आफ्नै घरमा पनि राखेको पनि हुन सक्छ।

निज बाँस्कोटा प्रधानमन्त्रीको निजी निवासमा बसिरहेकोले तत्कालै त्यसको खानतलासी लिई र निज बास्कोटाका आफन्त वा सहयोगीहरूको बैंक खाताको बारेमा पनि बुझ्न पनि अनुरोध गर्दछौँ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ