फागुण १० काठमाण्डौं । पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको ७० करोड सेटिगंको अडियो सार्वजनिक भए पछि त्यसले प्रधानमन्त्री र सत्तारुढ नेकपामाथि नै ठूलो अविस्वास पैदा हुने स्थिति देखिए पछि पार्टीले उनको मुद्धामा अख्तियार र सिआईबीले छानविन गर्ने निर्णय गरेको छ ।
आज साझ बसेको पार्टी सचिवालयको बैठकले बास्कोटाको प्रकरणको छानविन अख्तियार र सिआईबीलाई दिने निर्णय भएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिनु भयो ।
यो काण्ड सार्वजनिक भए पछि राजीनामा दिएका बास्कोटालाई अख्तियार र सिआईबीले अनुसन्धान अघि बढाएर मुद्धा चलाएमा उनलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय समेत हुने छ ।
त्यस्तो सजायमा कम्तीमा ८ बर्ष कैद र विगो दावी गर्न सक्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline