कार्यदलकाे सुझाव अनुसार नै परिमार्जन गरेर एमसीसी पारीत गर्ने नेकपाकाे निर्णय

कार्यदलकाे सुझाव अनुसार नै परिमार्जन गरेर एमसीसी पारीत गर्ने नेकपाकाे निर्णय

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौँ, १० फागुन ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले यथास्थितिमा अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरेेकाे छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसीसी परिमार्जनका लागि सहमति जुटेको हो । बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए । उक्त प्रतिवेदनकै आधारमा एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने सहमति जुटेको नेकपा उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

कार्यदलको तर्फबाट ब्रिफिङ गरेका वरिष्ठ नेता खनालले प्रतिवेदन तयार गर्नुअघि गरिएकाे अध्ययन र कार्दलकाे निश्कर्षबारे सुनाउदै एमसीसीमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाउनुभयो। त्यसपछि बैठकले कार्यदलकाे सुझावकै अाधारमा परिमार्जन गरेर मात्रै एमसीसी अनुमाेदन गर्ने निर्णय गरेकाे हाे । बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक सबै उपस्थित थिए।

सचिवालय सदस्यले प्रतिवेदन अध्ययन गरेपछि दुई/तीन दिनमा सचिवालयको अर्को बैठक बस्ने छ। वरिष्ठ नेता खनाल नेतृत्वको कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो। शनिबार कार्यदलले प्रतिवेदनको विषयबस्तुबारे सचिवालय बैठकमा ब्रिफिङ गरेको हो।

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनको लागि खनालको संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन भएको थियो। उक्त कार्यदलले २० दिन अध्ययन गरेर प्रतिवेदन बुझाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ