फागुण १० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अति नै विस्वास गरेका पछिल्ला पात्र थिए गोकुल बास्कोटा । ओलीको यही आशिर्वादका कारण हुन सक्छ गोकुल सार्वजनिक कार्यक्रम र नियमित पत्रकार सम्मेलनमा आक्रामक हुन्थे ।
बास्कोटाले नेपाल टेलिभिजको एउटा कार्यक्रममा पत्रकार राजु थापाले सुन र दाईजोको बारेमा र्याख र्याख्ती पार्दा उनले थापालाई उल्टै हप्काए तर सुन दाईजोको बारेमा झुट बोले । १७ तोला सुन माईतीबाट बिहेमा दिएको हैन भने तर जब थापाले कागज पल्टाएर देखाए पछि हो भने ।
एवं रितले चर्का चर्का कुरा गर्दे विपक्षी र सरकार विरोधीमाथि हमला गरेर प्रधानमन्त्री ओलीको रक्षा गर्दै हिडे पछि ओलीले केही दिन अघि काभ्रेमा आयोजित कार्यक्रममा भने ‘ राजनीतिक तुलोमा जोख्ने हो भने गोकुल एकातिर अरु सबै अर्कोतिर जस्तो हुन्छ , सरकारको विरोध गर्नु पर्यो भने गोकुलको अनुहार हेरे पछि चुप ’ । त्यसो भन्दा गोकुल मुसु मुसु मुस्कुराउदै थिए ।
हुन पनि हो , मन्त्री हुदाँ समेत पुलचोकको सरकारी क्वार्टर छाडेर ओलीको निजी निवास बालकोटमा बस्ने बास्कोटाले ओलीलाई बा भनेर सवोधन गर्ने गरेको आईरहेकै छ । त्यसैले उनलाई राज्य मन्त्रीबाट मन्त्री हुदै प्रवक्ता बनाए पनि ओलीले ।
तर प्रधानमन्त्री ओलीको त्यो गोकुल प्यार अन्ततः फलिफाप सिद्ध भयो । भनिन्छ दुध धेरै उम्लियो भने पोखिन्छ । गोकुलका हकमा उनको चुरीफुरी निकै बढेको महसुस पत्रकारहरुले पनि गरीरहेका थिए ।
बाहिर सदाचार, भ्रष्टाचार विरुद्ध र कानुन र सविधानको कुरा गरेर नथाक्ने गोकुलले फलामे पर्दा भित्र रचेको डिजाईन, ७० करोड कमिसनको डिल प्रमाण सहित सार्वजनिक भए पछि र कर्मचारीमाथि अस्लील शब्दमा गरेको टिप्पणीले गोकुललाई गलहत्याउन प्रधानमन्त्री ओली बाध्य भए लोकको दवाव पछि ।
तर यदी अडियो सार्वजनिक गर्ने बिजय मिश्रको कुरा साँचो मान्ने हो भने यो अडियो महिनौ अघि ओलीको हातमा पुगेको थियो । तर भ्रष्टाचार सहन्न, हुन दिन्न भन्ने ओलीले किन मिडियामा आउनु पूर्व लुकाएर राखे यो पोको ? कारण त्यही हो गोकुल प्यार ।
तर अब गोकुल प्यार अब उनका लागि यति भारी परिरहेको छ कि सामाजिक सञ्जाल, मिडिया र राजनीतिक क्षेत्रबाट यसमाथि जवाफ र जिम्मेवारी प्रधानमन्त्रीको कति छ ? प्रधानमन्त्रीमाथि नैतिकताको बिषय उठ्छ कि उठ्दैन यदी यस्तो हो भने ओलीले समेत राजीनामा दिनु पर्ने माग र दवाव बढ्न थालेको छ ।
सरकारले दुई बर्षे कार्यकाल पूरा गरे लगत्तै आएको गोकुल काण्ड प्रधानमन्त्रीका लागि निकै भारी पर्ने देखिएको छ । के प्रधानमन्त्री ओली यस बारेमा सदनमा जवाफ दिन तयार छन् ?