हाम्रो लागि ५० करोड डलर ठूलो कि राष्ट्रिय स्वाभिमान ? : खनाल

हाम्रो लागि ५० करोड डलर ठूलो कि राष्ट्रिय स्वाभिमान ? : खनाल

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

फागुण १० काठमाण्डौं । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरीकाले एमसीसी मार्फत दिने ५० करोड डलर भन्दा देशको स्वाभिमान , स्वतन्त्रता र अखण्डता ठूलो कुरा भएकाले एमसीसी शसोधन विना पारीत नहुने बताएका छन् ।
हिजो पार्टीबाट गठन भएको कार्यदलको तर्फबाट प्रतिवेदन बुझाए पछि खनालले कान्तिपुरलाई दिएको एउटा अन्तवार्तामा उक्त कुरा बताएका छन् ।
परराष्ट्र मन्त्रालयलाई समेत थाहा नदिई अर्थमन्त्रालयले १४ वटा सम्झौता गरीसकेकोमा आक्रोसित हुदै खनालले ५० करोड डलर नेपालीका लागि केही पनि हैन भने ।
उनले एमसीसी सम्झौतामा नेपालमाथि अपमानजनक हुने गरी गरिएको रहेछ भन्दै यसलाई ससोधन गरेर मात्र पारित हुने भन्दै अब सचिवालयको बैठकले यसबारेमा निर्णय गर्ने बताए ।
एमसीसी जस्ताको तस्तै ससदले अनुमोदन गरे अमेरीकाको भन्दा नेपालको पोजिसन तल पर्ने भन्दै खनालले भविष्यमा गलत नजिर बस्ने र अन्य मुलुकसगँको सम्झौतामा पनि अप्ठ्यारो पर्ने बताए ।
पार्टी भित्र एकमतका साथ नै कार्यदलको प्रतिवेदनमा सहमति हुने दावी गर्दै खनालले अध्यक्षद्धयले तीन दिन मा अध्ययन सक्ने भनेको र अब त्यसै अनुसार अघि बढ्ने बताए ।
यस अघि आफूले पनि पुरै अध्ययन गरेको रहेनछु भन्दै खनालले पैसा भन्दा ठूलो राष्ट्रिय स्वतन्त्रता रहेको दोहोर्याए ।
यस अघि भीम रावल एक्लै बोले जस्तो देखिए पनि अब खनाल सहितका अन्य नेता पनि ससोधनको पक्षमा उभिएका छन् भने जसरी पनि पारीत हुन्छ भन्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि कार्यदलमा बसेर काम गरे पछि मौन बस्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ