सर्वाेच्चको आदेशपछि स्थगित इम्बोस्ड नम्बरको आवेदन खुल्दै

सर्वाेच्चको आदेशपछि स्थगित इम्बोस्ड नम्बरको आवेदन खुल्दै

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

फाल्गुन १०, काठमाडौं
सर्वाेच्च अदालतको आदेशपछि स्थगित इम्बोस्ड नम्बर प्लेटको आवेदन पुनः खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणाली मार्फत हेर्न मिल्ने इम्बोस्ड नम्बर प्लेटका पुनः आवेदन खुला गर्न लागेको हो ।

विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार आवश्यक प्राविधिक तयारी पुरा गरेको र कार्यालय व्यवस्थापन र कर्मचारीहरुलाई प्रशिक्षण दिने लगायतका काम बाँकी रहेकाले एकरदुईदिन भित्रमा आवेदन खुला गरिनेछ ।

दुई वर्ष अघि सुरु गरिएको इम्बोस्ड नम्बर प्लेटको वितरण सर्वोच्च अदालतको अन्तरिम आदेशपछि ०७४ फागुन १० गतेदेखि रोकिएको थियो ।

महानिर्देशक हमालले पहिला छाप्ने क्रममै रहेका बाँकी पाँच सय नम्बर प्लेटको काम सुरु गरिने बताउनुभयो । विभागले तत्काल राजस्व तिरिसकेकालाई नम्बर प्लेट लिन सूचना जारी गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ