ओली सरकार बर्खास्त गर्न विप्लवको अपील ( विज्ञप्ति सहित )

ओली सरकार बर्खास्त गर्न विप्लवको अपील ( विज्ञप्ति सहित )

  • शुक्रबार, फाल्गुन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

फागुण ९ काठमाण्डौं । प्रधानमन्त्री ओलीका विस्वास पात्र एवं सञ्चार मन्त्री गोकुल बास्कोटा ७० करोड काण्डका कारण पदमुक्त भए पछि त्यस लगायतका काण्डमा प्रधानमन्त्री ओलीको पनि संलग्नताको आशका गर्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले वर्तमान सरकारलाई बर्खास्त गर्नु पर्ने माग गरेको छ ।
महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तिमा सिंगो देशले कार्बाहीको माग गरीरहेका बेला प्रधानमन्त्री ओलीले बास्कोटालाई कार्बाहीबाट जोगाउन लागेको भन्दै सरकारका लागि यो काण्ड अभिषाप भएको बताएका छन् ।
‘देशको सुरक्षासगँ जोडिएको संवेदनशीलतासगँ जोडिएको मुद्धामा प्रम ओलीका असली चेलाको यो काण्डले देश नै लज्जित भएको छ । यो काण्डमा प्रम ओलीको संलग्नताको आशंका छ । हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानविनको माग गर्दछ । ठूलो आकारको जहाज काण्डमा पनि प्रम ओलीको संलग्नता देखिन्छ । तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर, र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थ र देशभक्त र लोकतान्त्रिक शक्तिलाई आ आफ्नो मोर्चाबाट उत्रन पार्टी बिशेष अपील गर्दछ ’ महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै उनले प्रहरीले अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विकमाथि चरम यातना दिएको र नेता कार्यकर्तालाई झुट्टा मुद्धा लगाएर दुख दिएको भन्दै यस्तो कार्य रोक्न र सबै गिराफ्तार नेता कार्यकर्तालाई विना शर्त मुक्त गर्न माग गरेका छन् ।
हेर्नुस् विज्ञप्तिः

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ