नेकपाको एमसीसी अध्ययन कार्यदलले आज प्रतिवेदन बुझाउने

नेकपाको एमसीसी अध्ययन कार्यदलले आज प्रतिवेदन बुझाउने

  • शुक्रबार, फाल्गुन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं, ९ फागुन ।
सत्तारुढ दल नेकपाको अमेरिकी सहयोग मिलनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अध्ययन कार्यदलले आज आफ्नो अध्ययन प्रतिवेदन बुझाउने भएको छ ।
अमेरिकी सरकारले नेपालको ऊर्जा र पूर्वाधार विकासमा ५५ अर्ब रुपैयाँ अनुदान दिने यो परियोजना राष्ट्र हित अनुकूल नरहेको भन्दै सत्तारुढ नेकपाभित्रै विवादित बनेपछि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो।
उक्त कार्यदलले अध्ययन गरेर तयार गरेको प्रतिवेदन आज सार्वजनिक गर्ने भएको हो ।
एमसीसीका विषयमा कार्यदल अन्तिम निष्कर्षमा आइपुगेका जानकारी दिदै कार्यदल सदस्य नेकपा सङ्गठन विभाग सदस्य भीम रावलले आजसम्ममा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाउने बताउनु भयो ।
१५–१९ माघमा काठमाडौंमा बसेको नेकपा केन्द्रीय कमिटी बैठकका सदस्यहरुबीच नै एमसीसीमा मत बाझिएपछि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सदस्यहरुले एमसीसी अध्ययन कार्यदल गठन गरेर यसबारे निचोड निकाल्ने निर्णय भएको थियो । १० दिन समय तोकिएको उक्त कार्यदलले २० माघबाट काम थाले पनि समय नपुगेपछि १ फागुनबाट १० दिन समय थपिएको थियो ।
केन्द्रीय कमिटीको उक्त निर्णयको १७ दिनपछि कार्यदलले एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक गर्ने भएको हो ।
कार्यदलका सदस्य भीम रावलले सुरुमा एमसीसी परियोजना नेपालको हित प्रतिकूल र असंलग्न परराष्ट्र नीतिविपरित रहेको बताउँदै आएका थिए । कार्यदलमा सहभागी भई अध्ययनपछि आफ्नो धारणामा परिवर्तन आए, नआएकोबारे रावलले केही प्रतिकृया दिनुभएको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ