फागुण ८ काठमाण्डौं । स्वीस कम्पनीको नेपाल एजेन्टसगँ ७० करोड कमिसनमा सेटिगं गरेको र कर्मचारी माथि अपशब्द प्रयोग गरको गंभीर अडियो सार्वजनिक भए पछि सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको बुझिएको छ । उनलाई राजीनामा गराउने बिषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बिहानै छलफल भएको बुझिएको छ । दुई नेताले मन्त्री फर्किए पछि उनीसगँ टेपबारे सोध्ने र राजीनामा गराउने सहमति गरेको बताईएको छ ।
बालुवाटार स्रोतका अनुसार आज दिनभरीमा बास्कोटाले राजीनामा दिईसक्ने संभावना छ । मन्त्री बास्कोटा हिजो कन्चनपुर पुगेको र आज दिउसो १ बजे धनगढीबाट सोझै काठमाण्डौ झर्ने कार्यक्रम रहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीका निकै प्रिय पात्रका रुपमा चिनिदै आएका मन्त्री बास्कोटा मन्त्री क्वार्टर छाडेर ओलीको निजि निवास बालकोटमा बस्दै आएका थिए ।
बास्कोटाले पनि ओलीलाई बा को रुपमा बोलाउने गर्थे । काभ्रेमा केही दिन अघि भाषण गर्दा प्रधानमन्त्रीले सरकार विरोधीलाई चुप लगाउन गोकुल खप्पिस भएको भन्दै प्रशसा गरेका थिए ।
उनले राजनीतिक तुलो राख्ने हो भने अरु सबै एकातिर र गोकुल एकातिर राख्दा बराबरी भए जस्तो छ भनी प्रससा गर्न भ्याएको एकल साता नवित्दै मन्त्री गोकुलको यो काण्ड आए पछि प्रधानमन्त्री स्वयंले राजीनामा गराउन लागेको बताईएको छ ।