चरम नैतिक संकटमा सञ्चारमन्त्री बास्कोटा अब के राजीनामा दिएलान त ?

चरम नैतिक संकटमा सञ्चारमन्त्री बास्कोटा अब के राजीनामा दिएलान त ?

  • बिहिबार, फाल्गुन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

भ्रष्टाचारीको मुख पनि नहेर्ने र कसैलाई भ्रष्टाचार गर्न नदिने भनेर सार्वजनिक रुपले बोल्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीका विस्वासीला मन्त्री गोकुल बास्कोटा । बास्कोटा तिनै हुन् जसलाई ओलीले अरु सबै मन्त्री भन्दा बढी कामयावी भएको बताउथे ।
तर अब प्रष्न उठेको छ भ्रष्टाचारीको मुखै नहेर्ने प्रधानमन्त्रीले गोकुल बास्कोटालाई क्याबिनेटबाट हटाउछन् कि हटाउदैनन् ? भनेर सामाजिक सञ्जालमा व्यापक प्रष्न उठिरहेको छ ।
दुई कुराले यो गंभीर कमिसन र भ्रष्टाचारसगँ जोडिन्छ । एक उनले कति करोड हुन्छ त , तपाईलाई छुट्टै गर्छन् कि के गर्छन् ? भनेर सोधिएको र दोस्रो कर्मचारीलाई समेत कुरा गर्ने जिम्मा दलाललाई नै दिनु ।
मन्त्रीले आफ्नै कर्मचारी माथि विस्वास गर्नुको साटो दलाललाई नै तपाई नै मिलाउनुस् यी मु…भन्दै अपशब्द प्रयोग गरेका छन् । यो पनि निकै गंभीर छ ।
मन्त्री बास्कोटा बिहान सुदुरपश्चिम प्रदेशमा थिए । आजै काठमाण्डौ आउने र प्रतिकृया दिने भनेका छन् । के प्रतिकृया मात्र दिएर पुग्ला ? सामाजिक सञ्जालभरी र विपक्षी दल काग्रेसले समेत अविलम्ब बर्खास्त गर्न माग गरेर विज्ञप्ति नै निकालेको छ ।
यो अडियो उनले हैन भन्ने ठाँउ समेत छैन । प्रष्टसगँ सुनिन्छ र उनले अडियोको चाहँी खण्डन गर्न सक्ने अवस्थामा छैनन् ।
यो गंभीर नैतिक संकट देखिए पछि मन्त्री बास्कोटाले के गर्लान् त राजीनामा दिन्छन् वा प्रतिरक्षामा उत्रन्छन् । उनी यस अघि जसरी आक्रामक हुन्थे अब उनलाई त्यति सजिलो छैन ।
देश दुनियाभर पुगेको उनको कमिसन काण्डको अडियोले उनलाई पदमै टिकिहालेछन् भने पनि सजिलो भने बनाउने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ