न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीमा राजनीतिक हस्तक्षेप स्वीकार्य हुँदैनः सभापति देउवा

न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीमा राजनीतिक हस्तक्षेप स्वीकार्य हुँदैनः सभापति देउवा

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

सुनसरी, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीमा राजनीतिक हस्तक्षेप भए स्वीकार्य नहुने बताएका छन् ।

बुधबार धरान उपमहानगरपालिकाद्वारा आयोजित ७० औं प्रजातन्त्र दिवसको अवसरमा सभापति देउवाले जनताले लडेर ल्याएको अधिकारहरु सुरक्षित गर्दै न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीलाई राजनीतिक हस्तक्षेप बिना स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने भन्दै हस्तक्षेप भए असह्य हुने बताए ।

स्वतन्त्रतापूर्वक काम गर्न नदिएसम्म राजनीतिक आन्दोलन गरेर प्राप्त भएको अधिकारको अर्थ नहुने उनकाे तर्क छ ।

सर्वभौम शक्तिको स्रोत जनता नै भएकाले ००७, ०४६ साल, ०६२/०६३ मा जनताले लडेर ल्याएको अधिकारहरुलाई कुनै पनि बहानामा हटाउन नसकिने भन्दै उनले जनताले लडेर स्थापित गरेको प्रजातन्त्रमा बोल्न, लेख्‍न, आलोचना गर्न पाउने अधिकार सुरक्षित हुनुपर्नेमा जाेड दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ