नेकपा नेता माइला लामा संखुवासभा कारागार चलान, बन्धु चन्द रिहा भए लगत्तै पक्राउ

नेकपा नेता माइला लामा संखुवासभा कारागार चलान, बन्धु चन्द रिहा भए लगत्तै पक्राउ

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

खादबारी फागुण ७ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामा कारागार चलान भएका छन् । आज संखुवासभामा कारागार चलान भएका हुन् ।
नख्खु कारागारबाट पुर्व पुर्याईएका माईला लामा सुनसरी हुदै संखुवासभा पुगेपछि आज जेल चलान भएका छन् भने उदयपुरमा पक्राउ परेका अर्का केन्द्रीय सदस्य दिपेश राईलाइ हिरासतमै राखिएकाे छ ।

विष्फोट हातहतियार लगायतका विभिन्न मुद्धामा जिल्ला अदालत सखुवासभाले लामालाइ २५ हजार धरौटी तोके पछि उनी धरौटी नतिरि जेल चलान भएका हुन् ।
संखुवासभामै तात्कालीन जिल्ला ईन्चार्ज देव गुरुगं र सुनिता राई लगायत सो पार्टीका अन्य कार्यकर्ता जेलमा रहेका छन् ।
यसैबीच करीब १० महिना कैलाली कारागार बसेर आज रिहा भएकी सो पार्टीकी महिला संगठनकी अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य बन्धु चन्द लाई प्रहरीले पुनः पक्राउ गरेको छ । उनी रिहा भए पछि पुनः पक्राउ गरिएको पारीवारीक स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ