प्रधानमन्त्री ओलीमाथि बाबुरामको कडा प्रहारः कालीदासले झैँ हागामा बसेर फेद काट्दा के हबिगत हुन्छ स्मरण गर्नु उचित होला !

प्रधानमन्त्री ओलीमाथि बाबुरामको कडा प्रहारः कालीदासले झैँ हागामा बसेर फेद काट्दा के हबिगत हुन्छ स्मरण गर्नु उचित होला !

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भटट्राईले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीलाई कालीदासको संज्ञा दिएका छन् ।

डा.भट्टराईले सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनशायले प्रधानमन्त्री केपी शर्मा ओलीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा र मोहीको जग्गासम्बन्धी भ्रम छरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो मन्त्रिपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ । अरूमाथि हिलो छ्यापेर आफ्नो आंगको फोहर पखालिन्न् भन्ने बुझ्दा राम्रै होला १ मन्त्रिपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ, स्मरण गर्नु उचित होला ! ’

उनले प्रधानमन्त्री ओलीको सोझै नाम नलिए पनि मन्त्रीपरिषद्को निर्णय, यति होल्डीग्स जस्ता बिषय जोडेर प्रतिकात्मक बिरोध जनाएका हुन् ।

त्यस्तै भट्टराईले जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यति होल्डिंग्सलाई सुम्पने दाउ हो भने आफ्नो भन्नु केही नभएको भन्दै व्याङग्य गरेका छन् ।

मंगलबार सञ्चार माध्यममा मातातीर्थको जग्गामा भट्टराईलाई तान्ने तयारी भन्ने समाचार प्रकाशित भए पछि उनले यो टिप्पणी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ