प्रजातन्त्र दिवसका अवसरमा टुडिखेलमा कार्यक्रम, प्रधानमन्त्रीद्धारा संवोधन

प्रजातन्त्र दिवसका अवसरमा टुडिखेलमा कार्यक्रम, प्रधानमन्त्रीद्धारा संवोधन

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाण्डौं फागुण ७ । प्रजातन्त्र दिवसको अवसरमा काठमाण्डौं टुडिखेलमा बिशेष कार्यक्रमको आयोजना भएको छ । कार्यक्रमलाई सवोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने काममा सरकार सफलतातिर गएको भन्दै सहयोगको अपील गरेका छन् ।

७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैको सहयोगबाट मात्र सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताए ।
उनले सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको दावी गरे ।

वैदेशिक लगानीमा अवरोध गर्न, विकास निर्माणमा बाधा हाल्ने काम भइरहेको भन्दै सरकार सबै चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताए । उनले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य रहेको प्रष्ट पारे ।
प्रधानमन्त्रीले प्रजातन्त्र दिवसलाई औपचारिक रुपमा मात्र नभई जनस्तरसम्म मनाउनको लागि आग्रह पनि गरे ।

प्रधानमन्त्री ओलीले मुलकमा द्वन्द्व व्यवस्थापन भइसकेको भन्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा मुलुकको ध्यान केन्द्रीत भएको बताए ।

कार्यक्रममा प्रजातन्त्र दिवस अंकित झण्डासहितको नेपाली सेनाको हेलीकोप्टरबाट पुष्पवृष्टि गरीएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।

त्यसैगरी महानगरपालिका, उपमहानगपालिकाहरुले आ–आफ्नो साँस्कृतिक कला र नृत्य प्रर्दशन गरेका थिए ।

प्रजातन्त्र दिवसमा राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनालगायत संवेधानिक निकायका प्रमुखहरु, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ