लागुऔषध सहित ३ जना उदयपुरबाट पक्राउ

लागुऔषध सहित ३ जना उदयपुरबाट पक्राउ

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

उदयपुर, फाल्गुन ७ । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार राती पौने ८ बजे त्रियुगा नगरपालिका(११ का २२ बर्षीय प्रशान्त राई र वडा नम्बर १२ का १८ बर्षीय रुपम लिम्बुलाई फेनारगन १९ एम्पुल, डाईजेल्याप १७ एम्पुल, नोफिन १५ एम्पुल र लेबल बिनाको ३ एम्पुल गरी जम्मा ५४ एम्पुल लागुऔषध सहित सिदार्थ टोलबाट पक्राउ गरेको हो ।

यसैगरी राती साँढे १० बजे त्रियुगा नगरपालिका(११ पिपल चोकबाट स्थानीय १८ बर्षीय राउल श्रेष्ठ २० ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । गस्तिमा खटिएको प्रहरी टोलीले ३ जनालाई नै लागुऔषध सहित पक्राउ गरेको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ