शहीदको सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छः मुख्यमन्त्री राई

शहीदको सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छः मुख्यमन्त्री राई

प्रदेश १ द्वारा विराटनगरमा प्रभातफेरी

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

विराटनगर, फागुन ७ ।
प्र्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । साथै मुख्यमन्त्री राईले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान वीर शहीदहरुलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
२००७ साल फागुन ७ गतेका दिन निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी हामी यो दिवस मनाइरहेका छौं शुभकामना सन्देशमा भनिएको छ, आजको दिन देशलाई लामो समयसम्म निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन हो ।
आज हामीहरू संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा उभिएका छौं, सन्देशमा भनिएको छ ।


प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व उपलब्धीहरु हासिल गरेका छौं, विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरु यतिबेला धमाधम संस्थागत हुँदैछन् ।
दुई बर्ष अगाडि गठन भएको प्रदेश सरकार हाम्रा वीर शहीदहरुले देखेको सपना साकार पार्न क्रियाशिल छ । अबको एजेण्डा विकास र समृद्धिको एजेण्डा रहेको मुख्यमन्त्री राईको भनाई छ । शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न समेत मुख्यमन्त्री राईले आह्वान गर्नुभएको छ ।

यसैबीच प्रदेश १ विराटनगरमा प्रजातन्त्र दिवशकाे अवसरमा प्रभातफेरी निकालिएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ