दार्चुलामा भारतले फेरी मिच्यो सिमाना

दार्चुलामा भारतले फेरी मिच्यो सिमाना

  • मङ्लबार, फाल्गुन ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाण्डौं फागुण ६ । कालापानी र लिपुलेक लिम्पियाधुरा मिचेर आm्नो देशको नक्सामा समेत सार्वजनिक गरे पछि भारतबाट त्यो भूमि फिर्ता ल्याउछौं भनेर सरकारले भनिरहेका बेला भारतले फेरी दार्चुलामा सिमाना मिचेको छ । भारतीयहरुले महाकालीमा एकतर्फी नदीमा पुल बनाउनुका साथै डोजर प्रयोग गरेर सयौं मिटर बाटो समेत बनाएर प्रयोग गर्न थालेको छ ।
ब्यास नगरपालिकाको दोप्चे स्थित भारतीय सुरक्षा फौज हतियार सहित गस्तीमा हिड्ने, नेपालको रुख बिरुवा काट्ने, सडक निर्माणमा गरेको बिष्फोटका कारण नेपाली भूभागमा क्षति समेत पुगेको छ ।
सरकारले कालापानी समेत फिर्ता गर्छौ, हाम्रो एक ईन्च जमिन मिच्न दिन्नौं अरुको पनि चाहिदैन भने पनि दार्चुलामा दिनहु भारतीयले हेप्दै सिमा मिच्दै गएका छन् ।
काठमाण्डौंमा ठूला भाषण गरे पनि सरकारी अधिकारीहरुले हाल सम्म कालापानी समेटिएको नक्सा समेत सार्वजनिक गर्न सकेका छैनन् । हिजो मात्रै सिमानाको अवलोकन गर्न गएका रक्षा मन्त्री ईश्वर पोखरेल हेलिकप्टरबाट मात्रै हेरेर फर्किएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ