काठमाण्डौं फागुण ५ । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । हिजै बहस सकिए पनि आज मात्रै फैसला आएको हो । अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । करीब ५ महिना उनी हिरासत तथा डिल्लीबजार जेलमा बिताएका थिए ।
महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले बहस गरेका थिए ।
संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा गत असोजमा मुद्दा दर्ता भए पछि नियन्त्रणमा लिईएका महरालाई पुर्पक्षमा थुनिएको थियो ।
महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए। जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
जुन आरोपका कारण उनलाई पार्टीको निर्देशनमा सभामुख पदबाट र संसदबाट राजीनामा दिन भनिएको थियो । त्यही आरोपमा उनले सफाई पाए पछि उनको राजनीतिक भविष्य अब कसरी अघि बढ्ला त्यो प्रतिक्षाको बिषय छ । तर उनले पार्टीको निर्देशनको अवज्ञा गर्दै संसद पटबाट भने राजीनामा दिएका छैनन् । उनी दागंबाट निर्वाचीत सासद हुन् । उनी ४० बर्षदेखि कम्युनिष्ट राजीतिमा लागेर पटक पटक मन्त्री र पछि सभामुख भएका थिए ।