कालापानी अवलोकन गरेर फर्कियो रक्षामन्‍त्री पोखरेलको टोली

कालापानी अवलोकन गरेर फर्कियो रक्षामन्‍त्री पोखरेलको टोली

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

दार्चुला, ५ फागुन ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले कालापानी अवलोकन गरेर फर्किएको छ । सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रका लागि उडेको टोली बिहान ९ बजे फर्केको हो।

रक्षामन्त्री पोखरेलसहितको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उप(सभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्य गेल्वुसिंह बोहरा र मानबहादुर धामीलगायत सुरक्षा अधिकारी सहभागी थिए।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण अवतरण हुन नसपछि हेलिकोप्टरबाटै ब्यास गाउँपालिका १ छाङरु, तिंकरलगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले बताए।

दार्चुलाको व्यास गाउँपालिका १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ । नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसको बसोबास हुने गरेको छ।

जिल्लाको व्यास गाउँपालिका १ मा कालापानी, लिपुलेक र लिम्पीयाधुरा पर्छन् । उक्त क्षेत्रमा ६ महिनामात्रै मानव बस्ती बस्छ भने बाँकी ६ महिना जिल्ला सदरमुकाम खलंगामै बसोबास हुने गर्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ