शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने

शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

५ फागुन, काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।

तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको छ ।

उनले उही माघ ६ गते प्रतिनिधि सभाको उससुभामुख पदबाट राजीनामा दिएकी थिइन् ।

संसद सचिवालयकै कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । एउटै पार्टीबाट सभामुख र उप सभामुख बन्न नपाउने भएपछि तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको छ।

पहिले राजीनामा नदिने आफैं समामुख बन्ने अडान राख्दै आएकी उनले पार्टीले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ