एमसीसीबारे जथाभावी नबोल्न अध्यक्षद्वय ओली र दाहाललाई नेता रावलकाे चेतावनी

एमसीसीबारे जथाभावी नबोल्न अध्यक्षद्वय ओली र दाहाललाई नेता रावलकाे चेतावनी

  • आइतवार, फाल्गुन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, फागुन ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले  पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे जथाभावी नबोल्न चेतावनी दिएका छन्। एमसिसीबारे अध्ययन गर्न गठित कार्यदलका सदस्यसमेत रहेका रावलले एमसीसीबारे अध्यक्षद्वय ओली र दाहाललाई बोल्ने अधिकार पार्टी केन्द्रीय समितिले नदिएको बताए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावी नबोल्न रावलले चेतावनी दिएका हुन्। नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भीर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले केन्द्रीय समिटीको कार्यादेशविपरीत कुनै पनि व्यक्तिले अन्यथा कुरा गर्‍यो भने त्यो औचित्यहिन हुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा र संसद बाहिर पनि एमसीसी पारित हुन्छ भन्दै दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा नेता रावलले केन्द्रीय समितिले कार्यदललाई एमसीसी अध्ययनको जिम्मा दिएकाले यसबारे कसैलाई पनि बोल्ने अधिकार नभएको बताएका हुन्। ‘म पनि सार्वजनिक रूपमा एमसीसीबारे बोल्थें नि! कार्यदललाई जिम्मा दिएकाले नबोलेको हो,’ रावलले भने, ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भीर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा गर्‍यो भने त्यो औचित्यहीन हुन्छ।’

कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिव्यक्ति नदिने विषयमा आचारसंहिता बनाएको उनले बताए। कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेशविपरीत अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उनको भनाइ थियो।

रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जनभन्दा बढी सम्झौता पनि कार्यदलले फेला पारेको खुलासा गरे। अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरू पनि हुन सक्ने उनले बताए। संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उनले बताए।

कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ। ‘थपिएको १० दिनमा प्रतिवेदन तयार हुन्छ?’ भन्‍ने प्रश्‍नमा, रावलले सम्झौताको अध्ययन गर्नुपर्ने भएकाले समथ थप गरिएको र तोकिएको समयभित्रै प्रतिवेदन तयार हुने विश्वास व्यक्त गरे। पहिले जानकारीमा नआएका कुरा पनि अध्ययनका क्रममा आएकाले समथ लागेको उनको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ