सुनसरीबाट छुटे लगत्तै नेकपाका दिपेश र माईलासहितका ४ नेता पुनः पक्राउ

सुनसरीबाट छुटे लगत्तै नेकपाका दिपेश र माईलासहितका ४ नेता पुनः पक्राउ

राई र लामालाई संखुवासभा र नवीन र भृकुटीलाई कोलिकोट लगिदै

  • आइतवार, फाल्गुन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

ईनरुवा,  फागुण ४ ।

नेकपाका केन्द्रीय सदस्य दिपेश राई,माईला लामा,नवीन विक र धीरेन्द्रा उपाध्याय भृटुकीलाई सुनसरी जिल्ला अदालतले आज साधारण तारेखमा रिहा गरे लगत्तै उनीहरुलाई पुनः पक्राउ गरिएको छ ।

न्यायधीश ध्रुव कार्कीको ईजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । हात हतियार तथा संगठित अपराध मुद्धामा अदालतले आदेश दिएर रिहा भए लगत्तै उनीहरु चार जनालाई पुनः पक्राउ गरी नेता राई र लामालाई संखुवासभा लाने तयारी गरिएको छ भने अर्का नेता नवीन विक र भृकुटीलाई कोलिकोट लाने तयारी भएको पारीवारीक स्रोतले जनाएको छ ।बन्दीकाे तर्फबाट अधिवक्ताद्वय सुमन कार्की र निराजन ओझाले गरेका थिए ।

अदालतको गेटबाट पुनः पक्राउ पर्नु अघि नेता लामाले ओली सरकारले दुखः दिएकोमा विरोध जनाए । अदालतले आदेश दिदा पनि फेरी पक्रेर दुखः दिने काम गरेकोमा उनले आपत्ति जनाए ।

लामा , विक र उपाध्याय लामो समय काठमाण्डौंमा कारागारमा बसेर उच्च अदालतको आदेशमा रिहा भए लगत्तै पक्रेर धरान पुर्याईएको थियो ।
उनीहरुसगै राखिएका रमेश कार्की भने आज रिहा भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ