मुनाको घाँटी कसिएर तथा विजयको झुुन्डिएर मृत्यु

मुनाको घाँटी कसिएर तथा विजयको झुुन्डिएर मृत्यु

  • आइतवार, फाल्गुन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं,४ फागुन ।

पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन) का कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टबाट देखिएको छ ।

घाँटीको भाग अत्यधिक रुपमा कसिन पुग्दा स्ट्रयाङ्गुलेसन हुन्छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले स्ट्रयाङ्गुलेसनका कारण मुनाको मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको जानकारी दिए ।

“मुना कार्कीको पोष्टमार्टम रिपोर्ट आएको छ । रिपोर्ट अध्ययन गर्दा उनको मृत्यु स्ट्रयाङ्गुलेसनका कारण भएको देखिन्छ । यो भनेको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध हुनु हो । यसमा विजय चौधरीको संलग्नता रहेको तथ्य सिसिक्यामेरा फुटेजबाट पुष्टि भएको छ ।”

गत २७ माघको बिहान १०ः१० बजे लमहीका २२ बर्षीय विजय चौधरीले नाइलनको डोरी प्रयोग गरी मुनाको घाँटी कसेका थिए । डोरीको कसाइका कारण मुनाको मस्तिष्क र शरीरबीच रक्तसञ्चार हुन पाएन । अन्ततः सोही कारण उनको मृत्यु भएको थियो ।

घटनामा संलग्न चौधरीको भने झुण्डिएर (ह्याङ्गिङ) का कारण मृत्यु हुन पुगेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । “चौधरीको पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ह्याङ्गिङ बाट भएको उल्लेख छ” एसएसपी राईले भने । नयाँ पत्रिका दैनिकबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ