एउटै पार्टीको नेतृत्वमा दुई वर्ष पूरा गर्नु पनि सरकारको उपलब्धिः प्रधानमन्त्री

एउटै पार्टीको नेतृत्वमा दुई वर्ष पूरा गर्नु पनि सरकारको उपलब्धिः प्रधानमन्त्री

  • शनिबार, फाल्गुन ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै पार्टीको नेतृत्वमा सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने बताउनु भएको छ ।

सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा आज बिहान प्रतिनिधिभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गरेको सात ७३१ दिन अर्थात दुई वर्ष पूरा भएको छ । लामो समयसम्म ६÷७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने अवस्था आउँदोरहेछ ।’

प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरुबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्रीले आफूले यसअघि संसदमा सम्वोधन गर्न खोज्दा नपाएपछि बाहिरै बोल्नुपरेको स्मरण गर्नुभयो । त्यसैगरी शुक्रबार संसदमा सम्वोधन गर्द लाग्दा राष्ट्रियसभा सदस्यको निधनका कारण बोल्न नपाएको भन्दै उहाँले मृतक राष्ट्रियसभा सदस्य दूर्गाप्रसाद उपाध्ययनप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संसदमा बोल्दै आफ्नो सरकारमाथि उठेका सार्व्जिनक प्रश्नहरुको प्रतिवाद गरिरहनुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ