प्रतिनिधिसभाको बैठक आज बस्दैः प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

प्रतिनिधिसभाको बैठक आज बस्दैः प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

  • शनिबार, फाल्गुन ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

३ फागुन, काठमाडौं ।
सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्दैहुनुहुन्छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्न लाग्नुभएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षमा सरकारले हाँसिल गरेका उपलब्धी र प्रगतिका बारेमा सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।

यसअघि संसद सचिवालयले हिजोको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो ।

तर राष्ट्रियसभाका कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोध प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।

बैठकमा उपाध्यायको निधनमा संसदमा एक मिनेट मौनधारण गरेपछि वैठक स्थगित गरिएको हो ।

क्यान्सर रोगबाट पीडित कांग्रेस सांसद उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा हिजो बिहान निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ