नेकपाको नेतृत्वको सरकार बनेको दुई बर्ष पूरा भएको छ । नेकपाका अध्यक्ष केपी ओली नेतृत्वमा बनेको सरकारले दुई बर्षमा थुप्रै काम गरेको भने पनि जनता भने सन्तुष्ट हुन सकेका छैनन् ।
यसैबीच सरकारले दुई बर्ष पूरा गरेको अवसरमा आज ससदमा दिउसो २ बजे प्रधानमन्त्री ओलीले सवोधन गर्ने कार्यक्रम रहेको छ ।
विभिन्न विवाद र विरोधका बीच सरकारले स्पष्ट बहुमत रहेको र समाजवादी सत्तामा रहुञ्जेल दुई तिहाई नै समर्थन पाएको थियो । तर समाजवादी बाहिरीए पछि बहुमत मात्रै छ ओली सरकारसगँ ।
सरकारले मिडिया काउन्सील विधेयक,गुठी विधेयक, जस्ता विवादास्पद विधेयक ल्याउदा जनस्तरमा ठूलो विरोध भएको थियो ।
यसै गरी निर्मला पन्तको बलात्कार तथा हत्यारा पत्ता लाग्न नसक्नु,कालापानी भारतले नक्सामा पारेकोप्रति ठोस कदम चाल्न नसक्नु,आन्दोलनरत विप्लवनेतृत्वको नेकपामाथिको प्रतिवन्ध र कुमार पौडेल लगायतको फेक ईन्काउन्टरमा हत्या भएको बिषयमा मानवअधिकार क्षेत्रको प्रश्न , मन्त्री हेरफेरमा आलोचना, यति समुहलाई सार्र्वजनिक जग्गा पक्षपोषण गर्दै प्रदान गरिएको जस्ता बिषयमा सरकारले आलोचना सहनु परेको थियो ।
आज सरकारले गरेका राम्रा कामको बारेमा प्रधानमन्त्रीले सदनमा ब्याख्या गर्ने जनाईएको छ ।