पूर्व प्रधानसेनापति क्षेत्रीमाथि भ्रष्टाचार आरोपमाथि छानविन हुने !

पूर्व प्रधानसेनापति क्षेत्रीमाथि भ्रष्टाचार आरोपमाथि छानविन हुने !

  • शुक्रबार, फाल्गुन २, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पदमा रहदा भ्रष्टाचार गरेको परेको उजुरीमा संसदीय समितिले छानविने गर्ने भएको छ ।
बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले पूर्वप्रधानसेनापति क्षेत्रीले पदमा रहँदा गरेको अनियमितता र भ्रष्टाचारको छानबिन गर्नुपर्ने भन्ने उजुरीलाई समितिमा पेश गरेको हो।

गत असोजमा नेकपा सांसद रेखा शर्माको संयोजकत्वमा राज्य व्यवस्था तथा सुशासन समितिले प्राप्त गुनासो तथा उजुरीहरूको संक्षिप्त विवरण र उजुरी सुनुवाइ कार्यदल गठन गरेको थियो।

कार्यदलमा नेकपा सांसद नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य छन्।

क्षेत्रीमाथि परेको उजुरीमाथि सुनुवाइ गर्दै कार्यदलले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा छानबिन गरी समितिलाई जानकारी गराउनका लागि लेखि पठाउन उपयुक्त भनेर समेत सुझाव दिएको छ।

पूर्वप्रधानसेनापतिमाथि सेनाको मुख्यालय बनाउने क्रममा र राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणमा अनियमितता गरेको आरोप छ।

पूर्वप्रधानसेनापतिलाई छानबिन गर्नुपर्ने लगायतका अन्य ५० वटा उजुरीलाई समितिमा पेश गरिएको कार्यदल संयोजक रेखा शर्माले सेतोपाटीलाई बताइन्।

नेकपा सांसद एवं राज्य व्यवस्था समिति सदस्य झपट रावलले पूर्वप्रधानसेनापतिमाथि परेको उजुरीबारे समितिमा छलफल गरिने बताए।

ुपूर्वप्रधानसेनापति निर्दोष हुन पनि सक्नुहोला तर सत्यतथ्य बाहिर आउनुपर्छ,ुरावलले भने,ुहामीले हाम्रो मातहत रहेका निकायलाई बोलाएर यसबारेमा छलफल गर्छौं।ु

समितिमा नेपाली कांग्रेसका सांसद एवम् समिति सदस्य अमरेशकुमार सिंहले सेनाभित्र रहेको भ्रष्टाचारको छानबिन हुनपुर्ने माग राखेका थिए।

उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण आयोगलाई बोलाएर समितिले क्षेत्रीको सम्पत्ति छानबिन गर्न निर्देशन दिनुपर्ने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ