गिरीजा जीवितै हुदा नभन्ने अहिले भन्ने ? प्रचण्डलाई काग्रेसको प्रश्न

गिरीजा जीवितै हुदा नभन्ने अहिले भन्ने ? प्रचण्डलाई काग्रेसको प्रश्न

  • शुक्रबार, फाल्गुन २, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति निकाल्दै प्रचण्डको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका अध्यक्ष प्रचण्डलेले बिहीबार तत्कालिन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई फौजी आक्रमण बढाइदिन आग्रह गरेको दावी गरेका थिए । बिहीबार जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालय धुम्बाराहीमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गिरिजाप्रसाद कोइरालाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।

तर बिहीबार नै कांग्रेसका प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले उक्त भनाइको खण्डन गर्दै प्रेस विज्ञिप्त जारी गरेका हुन् । ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व। गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको पनि बताए । साथै गिरिजा जीवीत छँदा नै नभनेकोमा पनि कांग्रेसको गुनासो छ । ‘गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि सांच्चै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जीवीत छँदा नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उहाँको निधन भएको यतिका वर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ,’ शर्माले भनेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ