धुम्बाराहीबाट सकियो जनयुद्धका कमाण्डर प्रचण्डको जनयुद्ध दिवस !

धुम्बाराहीबाट सकियो जनयुद्धका कमाण्डर प्रचण्डको जनयुद्ध दिवस !

  • बिहिबार, फाल्गुन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

मिर्मिरे डेस्क , फागुण १ । जनवाद समाजवाद हुदै साम्यवादमा जाने उद्घोष गरेर ५२ साल फागुण १ गते जनयुद्ध शुरु गरेको तात्कालीन माओवादी अध्यक्ष तथा यस युद्धका मुख्य कमाण्डर प्रचण्डले जनयुद्ध दिवसलाई औपचारीक रुपमा विसर्जन गरेको देखिएको छ ।

खास गरी पूर्व एमालेसगँ पार्टी एकता गरे पछि प्रचण्डलाई जनयुद्ध दिवस मनाउन अप्ठ्यारो परेन मात्र उनकै नेतृत्वमा धुम्वाराही स्थित पार्टी मुख्यालयमा जनआन्दोलन र जनयुद्धका शहीदरुप्रति श्रदाञ्जली सभाको आयोजना गरे पछि जनयुद्ध दिवसको विधिवत रुपले अन्त्य भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट ‘जनयुद्ध दिवस’ को विधिवत अन्त्य भई फागुन १ लाई ‘श्रद्धाञ्जलीसभा’का रूपमा मनाउन थालिएको हो ।

२०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष गरेको सम्झनामा तत्कालीन नेकपा माओवादीले फागुन १ लाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएको थियो । तर, उसले नेकपा एमालेसँग पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको दोस्रो वर्षमै ‘जनयुद्ध दिवस’को विधिवत अन्त्य गर्न पुग्यो ।

यस कार्यक्रममा सभामा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्थायी समिति सदस्य प्रदीप ज्ञवाली, पम्फा भुसाल लगायतको उपस्थित थिए ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी हुने भनेर आधिकारीक लेटर प्याडमा छापिएको पत्राचार सार्वजनिक गरिए पनि स्वास्थ्यको कारण देखाउँदै अन्तिममा उनी उपस्थित भएनन् । अर्का बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समेत यो कार्यक्रममा नजानुले पूर्व एमाले समुह जनयुद्ध शुरु भएको दिनलाई सम्झने मानसिकतामा छैनन् भन्ने संकेतको रुपमा देखिन्छ ।   उक्त कार्यक्रममा मदन भण्डारी, जीवराज आश्रित सहित तत्कालीन माओवादी युद्धमा सहादत प्राप्त गरेका सुरेश वाग्ले, रितबहादुर खड्कालगायतकाको तस्बिरमा भने माल्यार्पण गरिएको थियो। जहाँ प्रचण्डलगायतले माल्यार्पण गरिएको थियो ।

झापा आन्दोलन र माओवादी विद्रोह जोडिनुपर्छ भनेर आफूले सुरुदेखि नै गर्दै आएको प्रचण्डले कार्यक्रममा सवोधनका क्रममा बताए ।  ‘हामीले फागुन १४–२१ सम्मलाई सहिद दिवस मनाउने गरेका थियौं, जनयुद्ध चलिरहेका बेलामा नै यो सप्ताह मनाइएको थियो,’ प्रचण्डले कार्यक्रममा भने, ‘जनयुद्ध सुरु भएपछि पहिलो सहिद फागुन १४ गते र सुखानी काण्डमा फागुन २१ गते भएकाले यसरी जोडेका थियौं।’ त्यस बेला देखेको नेतृत्वको दृष्टिकोण अहिले नेकपामा आएपछि पुष्टि भएको उनको भनाइ छ ।

अहिले पनि शान्ति प्रकृयाका सबै काम हुन सकेका छैनन् , उपराष्ट्रपति जनयुद्ध लडेरै आएको नेतृत्व छ, गृहमन्त्री जनयुद्धबाटै आएका छन् , अरु नेता म पनि पार्टीको कार्यकारी अध्यक्ष नै छु तर पनि घाईते योद्धाहरुको उपचारका लागि ठोस काम हुन नसकेकोमा सन्तुष्ट हुन सकेको छुईन । तर हामी यो गरेरै छाड्छौ प्रचण्डले भने ।

हिजो रोल्पामा वामदेव गौतम जी, युवराज ज्ञवाली जीहरु आधार ईलाकामा वार्ता गर्न आउदा हेलिकप्टरबाट आक्रमणको प्रयास भएको जिकिर गर्दै प्रचण्डले सुरक्षित तरीकाले आफूहरुले वार्ता गरी फिर्ता पठाएको र अर्को पल्ट फेरी स्वर्गीय गिरीजा प्रसाद कोईरालाले अझ धेरै आक्रमण गर्न ठूल ठूला सदरमुकाममा हमला गर्न अनुरोध गरेको स्मरण प्रचण्डले गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ