बैदेशिक रोजगारीको पीडाः कुवेतमा बालुवाको ढिस्कोले पुुरीदा चार जना नेपालीको मृत्यु

बैदेशिक रोजगारीको पीडाः कुवेतमा बालुवाको ढिस्कोले पुुरीदा चार जना नेपालीको मृत्यु

  • बिहिबार, फाल्गुन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

फाल्गुन १, काठमाडौँ ।  कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । अरब टाइम्सले जनाएअनुसार कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको हो । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ ।

बालुवाको ढिस्कोमा पुरिएकाको उद्धारमा खटिएका कुवेती अधिकारी तस्बिर स् अरब टाइम्स

चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका छन् । ३ जनाको घटनास्थलमै र एक जनाको बाहिर निकालेपछि मृत्यु भएको अरब टाइम्सले जनाएको छ ।
कुवेतको भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्न निर्देशन दिएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी