जनयुद्ध दिवसमा मोरगंमा शहीदप्रति सम्मान

जनयुद्ध दिवसमा मोरगंमा शहीदप्रति सम्मान

  • बिहिबार, फाल्गुन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले पार्टी कार्यालय पाञ्चालीमा २५ औं जनयुद्ध दिवसको अवसरमा शहीदप्रति सम्मान अर्पण गरेको छ ।
जिल्ला पार्टीको आयोजनामा केन्द्रीय सदस्य गुरु बराल, इन्द्रबहादुर आङ्बो, जीवन घिमिरे, महेश रेग्मी, गोपी अछामी, धिरेन्द्र शर्मासहितको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यालयमा श्रद्धाञ्जलीसभासहित नेता तथा कार्यकर्ताले शहीदप्रति सम्मान अर्पण गरेका हुन् । कार्यक्रममा मोरङका सचिव गणेश उप्रेतीले इतिहासलाई बिर्सेर वर्तमानलाई न्याय हुन नसक्ने बताउँदै शहीदहरुको सम्झना आवश्यक रहेको बताउनु भएको छ ।
जनयुद्धमा बलिदानी दिनेको योगदानले गणतन्त्रसँगै समृद्धिको यात्रामा प्रवेश गर्ने अवसर प्राप्त भएको नेताहरुले त्यस अवसरमा बताएका छन् । तत्कालिन माओवादी पार्टी कार्यालयबाट तत्कालिन एमाले पार्टी कार्यालयमा सरेको जनयुद्ध दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले दिनभर बिभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । बुधबार विराटनगरमा कोशी साँस्कृति संघले भव्य कार्यक्रमको आयोजना गरेको थियो ।
काठमाण्डौंमा जनक्रान्तिका घाइते अपांग योद्धा संघले बिहीबार महाराजगञ्जस्थित रोयल पार्टी प्यालेसमा, जनसाँस्कृतिक महासंघले समेत १ बजे पार्टी कार्यालय पेरिसडाँडामा र वेपत्ता योद्धा फाउन्डेशनले दिउँसो २ बजे जनपथ मावि कलंकीमा कार्यक्रम समेत गर्ने भएका छन् । नेकपा सम्बद्ध अनेरास्ववियूले पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम समेत राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ