नेपालमा आज भन्दा २५ बर्ष अघि आजकै दिन जनयुद्धको घोषणा गरेर माओवादीले आक्रमण शुरु गरेको दिन । यस दिन रुकमको राडी प्रहरी चौकी, रोल्पाको होलेरी , सिन्धुलीको गढी , गोरखा लगायतका जिल्लामा आक्रमण गरी माओवादीले राज्य सत्ता विरुद्ध युद्ध शुरु गरेको थियो ।
तर २५ वर्ष पुग्दा अलग थलग भएको माओवादीको मुख्य नेतृत्व एमालेसगँ एकता पछि जनयुद्ध दिवस समेत नमनाउने अवस्थामा पुगेको छ भने त्यसबाट अलग भएर नयाँ पार्टी बनाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले देशभर जनयुद्धको अवसरमा हिजो साझँ मशाल जुलुश गरेको थियो । भने आज ठाँउ ठाँउमा शुभकामना कार्यक्रम गरी मनाउदै गरेको जनाएको छ ।
सरकारले गत वर्ष फागुण २८ मा प्रतिवन्ध लगाए पछि यस पटक जनयुद्ध दिवस जिल्ला जिल्लाको सापेक्षतामा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम गरी मनाउन लागिएको बताईएको छ ।
यस्तै बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । सो पार्टीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको जनाएको छ ।