नेकपा सुनसरी ईन्चार्ज पौडेल जेल चलान

नेकपा सुनसरी ईन्चार्ज पौडेल जेल चलान

  • मङ्लबार, माघ २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

नेकपा सुनसरीका ईन्चार्ज लक्ष्मण पौडेल पूर्पक्षका लागि कारागार चलान भएका छन् ।  अागजनी तथा विस्फाेटक पदार्थसम्बधी तीन वटा मुद्वामा उदयपुर जिल्ला अदालतमा  भएकाे थुनछेक बहसपछि पर्पक्ष तथा धरौटी सजाय तोकिए पछि उनी जेल पुर्याईएका छन् । न्यायधीश मनोज केसीको ईजलाशले आपराधीक तथा उपद्रव कसुर अन्तर्गत सौर्य सिमेन्टको चुनढुंगा खानीमा रहेको ट्याकंर,एक्सकाभेटर र सिलिण्डरमा आगजानी गरेको भन्दै थुनामा राख्न आदेश दिएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
बाटोमा आँपको फेदमा बम राखेर जनजीवन त्रसित बनाएको,घरमा बम विष्फोट लगायतका मुद्धामा अर्का न्याधीश दीपक खनालको ईजलाशले एक लाख र पचास हजार धरौटी माग गरेका छन् ।
उनलाई बैद्य नेतृत्वको नेकपा माओवादीको पालामा ७० सालमा निर्वाचन बहिष्कारको बेला विष्फोटको मुद्धा समेत जोडेर उक्त धरौटी माग गरिएको हो । कुल दुई वटा मुद्धामा डेढ लाख धरौटी र पुर्पक्ष भएको छ । सोमबार भएको थुनछेक बहसका क्रममा पौडेलले कुनै पनि घटनामा आफू संलग्न नरहेको ईन्कारी बयान दिएका थिए ।
पुर्पक्ष र धरौटी दुवै आदेश जिल्ला अदालत उदयपुरले गरे पछि पौडेल जेल चलान भएका छन् । उदयपुरको मुद्धा सकिए पछि पुनः पौडेललाई सिराहामा एनसेल टावर आगजानीको अर्को मुद्धा रहेको अदालतका श्रेस्तेदार आचार्यले जानकारी दिए ।
गंभीर श्वास्थ्य प्रतिकुल रहेको र सुनसरीको धरान र ईटहरी, झापाको बीरतामोड र दुधेमा समेत हिरासत बसेर धरौटी बुझाए पछि रिहा भए लगत्तै उदयपुर ल्याईएको थियो । उनलाई विरामी भए पछि माघ २ गतेदेखि १२ गते सम्म जिल्ला अस्पताल गाईघाटमा राखेर उपचार गराईएको थियो । उनी असोज ६ गते ईटहरीबाट पक्राउ परेका थिए । जिल्लाका सेक्रेटरी सन्तोष विष्ट झापा चन्द्रगढी कारागारमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ