काठमाण्डौं माघ २८ । महामारीको रुप लिदै गएको कोरोना भाईरस बिरुद्ध चीनले तयार पारेको भ्याक्सिन सोमबार जनवारमा परीक्षण भएको छ ।
चीनको रोग नियन्त्रण तथा रोकथाम विभागलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाए अनुसार शाङघाई स्थित तोङजी विश्व विद्यालयको मेडिकल विभागसगँको सहकार्यमा उक्त भ्याक्सिन तयार पारिएको हो । आईतबार एक सय मुसामा यो भ्याक्सिन दिईएको जनाईएको छ ।
जनवरी २४ मा यो भाईरस प्रमाणित भए पछि पहिलो पटक भ्याक्सिन तयार भएको हो ।
रोग नियन्त्रण विभागले यो प्रारम्भिक परीक्षण भएको र अझ धेरै चरण बाकीँ रहेको भन्दै अन्य टक्सीकहरु ठूला जनावार जस्तै बादर आदिमा पनि परीक्षण गरिने जनाएको छ ।
यो भ्याक्सिन परम्परागत रुपमा हुदै आएको उत्पादन तथा परीक्षण भन्दा निकै द्रुत गतिमा भएको छ ।
विश्वका धेरै औषधी कम्पनी तथा संस्थाहरुले भ्याक्सिनको अनुसन्धान र परीक्षणमा लागिरहेको जनाएका छन् ।