एक दिन सम्पर्कमा नआउदा प्रेमीले यसरी गरे प्रेमिकाको क्रुर हत्या

एक दिन सम्पर्कमा नआउदा प्रेमीले यसरी गरे प्रेमिकाको क्रुर हत्या

  • आइतवार, माघ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

विराटनगर, माघ २६ गते । निरन्तर सम्बन्धमा रहदै आए पनि एक दिन सम्पर्कमा नआएको झोकमा प्रेमीले प्रेमिकाको चोयाले घाटीँ रेटेर क्रुर हत्या गरेका छन् ।
सुनसरी दुहवी नगरपालिका ६ निवासी ३२ वर्षिया सम्झना खत्री परियारको सप्तरी कृष्ण श्रवण गाउँपालिका–३ का २५ वर्षिय सुरेन्द्र प्रसाद साहले चोयाले रेटेर हत्या गरेका हुन् ।
साहले विराटनगर महानगरपालिका–१२ मलहनुवाको उखु बारीमा सम्झनाको हत्या गरेको मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । बुढीगंगा गाउँपालिका–३ मा डेरा गरि बस्ने साह सम्झनाको हत्यापछि आफ्नो डेरामा फर्केका थिए ।
सम्झनाको लाश भेटिएको १२ घण्टा भित्रै शाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिबार नियन्त्रणमा लिईएका शाहलाई आज प्रहरीले सार्वजनिक गरेको थियो ।
बाँसबारी चोकमा भेटेपछि मोटरसाइकलमा राखेर नहरको बाटो हुँदै विराटनगर मलहनुवाको उखु बारीमा ल्याएमा ल्याएर हत्या गरिएको पाइयो । हत्या गर्ने क्रममा सम्झनालाई धकेलेपछि सलले घाँटी कसेको र त्यसपछि बाँसको चोयाले रेटेको खुलेको छ ।
सलले घाँटी कस्दा सास जाननसक्ने ठाँनेका साहले चोयाले घाँटी रेटेपछि आफ्नो मोटरसाइकलमा फर्कने क्रममा केसलिया खोलामा चोया फ्याँकेको बयान प्रहरीलाई दिएका थिए । सप्तरीका साह दुहवीमा रहेको क्वालिटी नुडल्स फ्याक्ट्रीको स्टोर इन्चार्जको रुपमा काम आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ