घेदुङद्धारा कवि सुदिप पाख्रिन सम्मानित

घेदुङद्धारा कवि सुदिप पाख्रिन सम्मानित

  • आइतवार, माघ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

धरान, २५ माघः धरानका युवा कवि सुदिप पाख्रिन सम्मानित भएका छन् । साहित्य विधामा विभिन्न कृतिहरु प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल तामाङ घेदुङले सोनाम ल्होछार २८५६ सांस्कृतिक महोत्सवका अवसरमा उनलाई सम्मान गरेको हो । उनलाई नेपाल तामाङ घेदुङका संघीय सचिव रामकृष्ण लामा, संघीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, प्रदेश सदस्य लोकबहादुर थिङ, जिल्ला अध्यक्ष सुरज लामा, धरान १५ नं. ईकाई अध्यक्ष टंक योञ्जन, साहित्य साधक निला तामाङ लगायतद्धारा सम्मान–पत्र, दोसल्ला, खदा र तामाङ टोपीले सम्मान गरिएको हो ।
कवि पाख्रिनको मौनता र दगुरिहिंड्ने चौवाटो दुई कविता सङ्ग्रह प्रकाशित भएका छन् भने नियात्रा सङ्ग्रह र कविता सङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा रहेका छन् ।
उनले आप्mनो मातृसंस्थावाट सम्मानित भएकोमा गौरव महशुष हुनका साथै थप हौसला र प्रेरणा मिलेको बताउंदै भविष्यमा अझ सशक्त भएर साहित्य क्षेत्रमा कलम चलाउने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ