कुमार पौडेल हत्याः गृहमन्त्री र आईजीपी लगायतकालाई कार्बाही माग गर्दै परिवारबाट मुद्धा दायर

कुमार पौडेल हत्याः गृहमन्त्री र आईजीपी लगायतकालाई कार्बाही माग गर्दै परिवारबाट मुद्धा दायर

  • शुक्रबार, माघ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा संलग्न रहेको भन्दै माघ २३ गते पीडत परिवारले सिडिओ सहित दश जना बिरुद्ध किटानी जाहेरी दिएको छ । साथै गृहमन्त्री राम बहादुर थापा र आईजिपी सर्वेन्द्र खनाल विरुद्ध पनि अनुसन्धान र कार्बाहीको माग जाहेरीमा गरिएको छ ।
पौडेलकी ७० वर्षीया आमा दुर्गादेवी पौडेलले तत्कालीन सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख एसपी गोपाल भट्टराईसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता गरेकी हुन् ।
मानवअधिकारकर्मी चरण प्रसाईका अनुसार जाहेरीमा छोराको गैरन्यायिक हत्या गरिएको उल्लेख छ । गत असार ५ गते ईन्काउन्टरका नाममा पौडेलको हत्या गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले समेत संलग्न प्रहरीहरुलाई कार्बाही गर्न सिफारीस गरेको थियो ।
कांग्रेस सहितका दलले पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको भन्दै संसद नै अवरोध गरेका थिए । राष्ट्रिय मानव अधिकार आयोगले पनि पौडेलको हत्या भएको निष्कर्षसहित आदेश दिने र आदेश पालना गर्नेमाथि कारवाही अगाडि बढाउन सिफारिस गरेको थियो। आयोगले घटनामा प्रत्यक्ष संलग्न, एक प्रहरी निरीक्षक र दुई हबलदारलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
हत्यामा प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह र हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रमाथि अनुसन्धान गर्न गृहमन्त्रालयले समेत निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ