अलटाईमर सांसदको रुपमा रहेका बिजय कुमार गच्छेदार अधिकाशं समय मन्त्री उपप्रधानमन्त्री खाएरै बसे । उनले सुनसरीमा कुनै पनि समय निर्वाचन हार्नु परेको छैन ।
यदी अन्य उनका प्रतिस्पर्धीहरुको कुरा पत्याउने हो भने उनले सामदाम , दण्ड, भेद सबै प्रयोग गर्दछन् निर्वाचनमा । जे गरेर भए पनि ससद बनिरहेका गच्छेदारको राजनीतिमा काँग्रेसबाट फोरम हुदै लोकतान्त्रिक फोरम हुदै अन्ततः फेरी काग्रेसमा फर्किएर ससदीय दलका उपनेता भएका बेला अब उनीमाथि अख्तियारले रामवाण हानेको छ ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको प्रतिनिधि सभा सदस्य निलम्वन भएको छ । भने अब अदालतले अख्तियारको दावी सही ठहर्याएमा गच्छेदारको सदाबहार सांसद मात्र हैन लामो राजनीतिक जीवन समाप्त हुने छ । राजनीतिक दलसम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि निर्वाचनमा उम्मेदवार हुन पाउँदैन ।
कमरेडको सिरानीमुनि लालपुर्जा, मुद्दा कसलाई ? काग्रेसको प्रश्न
गच्छेदारलाई जुन समयमा मन्त्री रहेका बेला भनेर मुद्धा जोडिएको छ त्यो बेलाका प्रधानन्त्री हुन माधव कुमार नेपाल । उनी नेकपाका बरिष्ठ नेता हुन् । त्यस पछि अर्का विवादीत पात्र हुन् नेकपाका महासचिव विष्णु पौडेल । उनले ८ आना त्यस्तो विवादीत जग्गा किनेर विवादमा परेका हुन् । धेरै मिडिया र सामाजिक सञ्जालमा उनको बिरोध र ब्यग्य भयो । तर उनीहरुमाथि कुनै मुद्धा नजोडिए पछि नेपाली काँग्रेस क्रुद्ध बनेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितलाई अख्तियारले मुद्दा नचलाएर पार्टी उपसभापति गच्छदारविरुद्ध मुद्दा दायर गरेकोमा अन्तुष्टि जनाएका छन् । अख्तियारले बुधबार एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेपछि सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता शर्माले सरकारी जग्गा व्यक्तिका नाममा दिन नीतिगत निर्णय गर्नेलाई उन्मुक्ति दिएको भन्दै प्रतिप्रश्न गरेका छन्। ‘श्री माधवकुमार नेपालका पालामा नीतिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा। मुद्दा कसलाई ?’ शर्माले ट्विटरमा लेखेका छन्, ‘विजय गच्छदारलाई !’ जर्ज अर्बेलको ‘एनिमल फार्म’ मा लिखित भनाइ उद्धृत गर्दै शर्माले लेखेका छन् , ‘सबै जनवार बराबर हुन्छन् तर केही अरूभन्दा विशेष हुन्छन्।’
अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर मुद्दा हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको जनाउँदै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि, ‘लाल झन्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा त हुने होइन ?’ प्रश्न गरेका छन् । काँग्रेसका अन्य नेताहरुले पनि यो प्रकरणमा आपत्ति जनाईरहेको देखिन्छ ।
वालुवाटार जग्गा प्रकरणलाई लिएर यस अघि विप्लव नेतृत्वको नेकपाले पनि जग्गा कब्जाको घोषणा गरेको थियो भने मुख्य ब्रोकरको रुपमा चर्चामा आएका शोभाकान्त ढकालको घरमा बम विष्फोट गराएको थियो । त्यसै गरी सिआईबीले छानविन प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको थियो ।
अहिले अख्तियारले बिशेष अदालतमा दायर मुद्धा पछि अब राज्यले व्यक्तिका नाममा गएको सो जमिन फिर्ता ल्याउन र दोषीमाथि कार्बाही हुन सक्ला या सुनपानी छर्कने काम मात्रै हुने हो त्यो भने हेर्न बाँकी छ ।