राईलाई थुनामुक्त गर्न बारको माग

राईलाई थुनामुक्त गर्न बारको माग

  • मङ्लबार, माघ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

नेपाल बार एशोसिएशनले भोजपुरका तीर्थबहादुर राईलाई थुनामुक्त गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न सरकारसँग माग गरेको छ ।

एशोसिएशनका महासचिव लीलामणि पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भोजपुरका ३८ वर्षीय राईलाई सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त गरिएकोमा प्रहरीले पटक पटक पक्राउ गरी थुनामा राखेकोप्रति खेद व्यक्त गर्दै थुनामुक्त गर्न माग गरेको छ ।

राईलाई थुनामुक्त गर्ने आदेशलगत्तै सोमबार सर्वोच्च अदालत परिसरबाट महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो । यसअघि पनि बारले राईलाई थुनामुक्त गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । बारले मुलुकमा शान्तिसुरक्षा कायम गराउने, नागरिकको जीउधनको सुरक्षा गर्ने र कानून तथा अदालतको आदेश पालना र कार्यान्वयन गर्नुपर्ने सरकारी निकायबाटै यस्ता घटना दोहोरिनुलाई खेदजनक कार्य भनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ