यौन सम्पर्क गरी पैसा नतिर्ने अजीताका हत्यारा मोबाईलका कारण यसरी पक्राउ परे

यौन सम्पर्क गरी पैसा नतिर्ने अजीताका हत्यारा मोबाईलका कारण यसरी पक्राउ परे

  • मङ्लबार, माघ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

यौन सम्पर्क गरेपछि पैसाको विषयमा विवाद हुँदा तेस्रो लिंगी अजिता भुजेलको हत्या भएको खुलेको छ । माघ ४ गते बिहान अजिताको शव हेटौंडा–क्याम्पाडाँडास्थित कान्ति लोकपथमा फेला परेको थियो ।

प्रहरीले हत्या भएको १८औं दिनमा मंगलबार हत्यामा संलग्न रहेका पाँच जनालाई सार्वजनिक गरेको छ। हत्या अभियोगमा प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार ना.६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र सुशील थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्‍याङमा शारिरीक सम्पर्कका लागि ७ हजार रुपैयाँमा सहमति गरेका थिए। तर पैसा दिने बेलामा विवाद उनीहरुले अजिताको हत्या गरेका थिए।
उनीहरूले हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेका थिए। घटनामा संलग्न २ जना फरार रहेका छन्। ‘यौन सम्पर्कमा संलग्न चारैजनाले एउटै ट्रकको प्रयोग गरिएको अनुसन्धानको क्रममा देखिएको छ।  मकवानपुरका एसपी सुशीलसिंह राठौरले भने।
सिमोन परियारले ल्याएको ट्रकको क्याबिनमा चारै जनाले यौन सम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि चारै जना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको प्रहरीले बताएको छ। अजिताले सहमतिअनुसार पैसा मागेपछि विवाद भएको र उनीहरुले ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए। आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए। सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो। ‘अजिताको हराएको मोबाइल एलिसाले आफ्नो सिम हालेर प्रयोगमा ल्याएपछि हामी घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएका हौं,’ एसपी राठौरले भने। प्रहरीका अनुसार एलिसाले माघ २० गते सोमबार मोबाइल प्रयोगमा ल्याएकी थिइन्। मोबाइल प्रयोगमा आएपछि मकवानपुर प्रहरी र महानगरीय प्रहरी महाशाखा टेकुबाट आएको टोलीले अनुसन्धानलाई तीव्र पारेका थिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ