सवारी दुर्घटना २ जनाको मृत्यु ३ जना घाईते

सवारी दुर्घटना २ जनाको मृत्यु ३ जना घाईते

  • सोमवार, माघ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

मोरङ, माघ २० गते । मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान साँढे ८ बजे मोरङको सुन्दर हरैचा नगरपालिका(१० जरुवामा प्रदेश नम्बर १(०२(००१ ख ८१०९ नम्बरको टिपरले साईकल यात्री स्थानीय ४७ बर्षीय बाबुराम कार्कीलाई ठक्कर दिंदा कार्की घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ भने टिपर चालक र टिपर उक्त कार्यालयले नियन्त्रणमा लिएको छ । यसैगरी स्कुल बसको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु भएको छ ।

आज बिहान पौने १० बजेको समयमा उर्लावारी नगरपालिका(१ कान्छी चोकमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले ठक्कर दिंदा मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका(६ का २६ बर्षीय डेकेस बि।क।, निजको श्रीमती २० बर्षीया सिर्जना बि।क, निजकै सासु ४३ बर्षीय कल्पना ठटाल र ३ बर्षीया छोरी प्रतिक बि।क घाईते भएका थिए । घाईतेहरुको बिराट नर्सिङ होममा उपचार भईरहेकोमा ३ बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ भने बस र बस चालककाई ईलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ