अदालतको आदेशमा रिहा भएलगत्तै माइला लामा पुनः गिरफ्तार

अदालतको आदेशमा रिहा भएलगत्तै माइला लामा पुनः गिरफ्तार

  • आइतवार, माघ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौं, १९ माघ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामालाई रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
उच्च अदालत पाटनको आदेशमा आइतवार रिहा भएका नेता लामालाई प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो ।
थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले माघ १६ गते लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ(क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश दिएको थियो । तर अदालत परिसरबाटै उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।
ललितपुर जिल्ला अदालतले ललितपुरमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षमा पठाउने फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत ललितपुरको आदेशविरुद्धको रिट निवेदन उच्च अदालतमा परेको थियो ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको थियो ।
उनीहरुलाई विभिन्न समयमा प्रहरीले गिरफ्तार गरेर हिरासतमा लिएपछि ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु कारागार चलान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ