शोक प्रस्ताव पारित

शोक प्रस्ताव पारित

  • शुक्रबार, माघ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद् गम्भीरजङ्ग कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्नुभएको शोक प्रस्ताव बैठकले पारित गरेको हो । कार्की २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुहुन्थ्यो ।

कार्कीले काँग्रेस पाल्पाको पूर्वपार्टी सभापतिको जिम्मेवार सम्हाल्नाका साथै प्रजातन्त्र एवम् लोकतन्त्र स्थापनाको हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको ७४ वर्षका उमेरमा यही माघ ११ गते उपचारका क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २१ गते अपराह्न १ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ